चैत १७, पर्सा। पर्सामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पोखरिया नगरपालिका–४, वसन्तपुरस्थित नहरनमा ना३प १०२६ र प्रदेश २–०३–००४ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा पर्साकै धोबिनी गाउँपालिका–२, गुलरियाका ३५ वर्षीय ललन पटेल, सखुवा प्रसौनी–५, एकडरवाका २९ वर्षीय हसिन्दर सहनीको मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकलमा सवार रन्जीत महतो, रोजदिन मियाँ र सुपेन राउत गम्भीर घाइते भएका छन । घाइतेलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लगिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।