चैत १७, काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै रातो पछ्यौराले छोपिएको अवस्थामा शव भेटिएको हो ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।