चैत्र १७, काठमाडौ । आज सत्ता गठबन्धनमा रहेका दलको बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे बस्नेछ । सत्ता गठबन्धनको बैठकमा चुनावी तालमेल, निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ ।

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच तालमेलको तयारी भइराखेको छ । नेपाली कांग्रेसले पनि गठबन्धनमा सहभागी दलसँग आवश्यकता अनुसार चुनावमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ ।
यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुराकानी हुने बुझिएको छ ।