असार ३०, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) तारकेश्वर नगर कमिटिले २०७९ को स्थानिय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, शुभकामना तथा सम्मान एवं प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अनेमसंघ तारकेश्वर नगर कमिटी उपाध्यक्ष सावित्रा शर्माका अनुसार सो कार्यक्रम असार ३२ गते शनिबार बिहान १०ः३० बजे तारकेश्वर मल्टि भेन्यू लामबगरमा तय गरिएको छ ।

कार्यक्रममा जिल्ला अध्यक्ष दिपक निरौला, अनेमसंघ काठमाडौं जिल्ला अध्यक्ष सरीता दाहाल, प्रदेश कमिटिका सदस्यहरुको सहभागीता हुने छ । कार्यक्रममा सहभागीताको लागी अखिल नेपाल महिला संघ तारकेश्वर नगर कमिटिले नेकपा एमाले जिल्ला कमिटी सदस्यहरू, नगर तथा शाखा कमिटिका पदाधिकारी एवं सदस्यहरु, बिभिन्न जनसंगठनका पदाधिकारी एवं सदस्यहरु एवं निर्वाचित जनप्रतिनिधिहरुलाई अपिल गरेकाे छ ।