• २०८३ भाद्र १२ गते शुक्रवार

आज नेप्से अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं । आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । नेप्से ४० दशमलव ६८ अंकले बढेर २५ सय ६८ दशमलव २५ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १३ अंकले बढेको छ ।

आज दिनभर भएका ३६ हजार ८११ कारोबारबाट ४५ लाख २ हजार ५११ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार सेयर कारोबार रकम २ अर्ब भन्दा कम भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस