• २०८३ बैशाख २० गते आइतवार

रोल्पाले ध्वंशमा मात्र होइन, निर्माण पनि गर्न सक्छ : प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, रोल्पा ।  माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा ध्वंशमात्र होइनन निर्माण गर्न सक्ने बताएका छन् ।रोल्ल्पाको रोल्ल्पा नगरपालिकामा बनेको भ्यूटावरको सोमबार उद्घाटन गर्दै प्रचण्डले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको बताए ।

उनले रोल्पा अशान्ति र ध्वंशमात्र होइन विकास निर्माण पनि गर्न सक्ने बताए । ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ । यो भ्यूटावरसहितले देखाएको छ,’ प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस् । रोल्पा माओवादी युद्ध संग्राहलय बन्न सक्छ ।’

रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ ।

Sharing

प्रतिक्रिया दिनुहोस