पौष ८, मोरङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन्। सहमतिबाट नेतृत्व छान्ने प्रयास असफल भएपछि भएको चुनावमा मिक्सोले मुक्सामहाङ सुब्बा लिम्बू ‘मुकेश’लाई पराजित गरेका हुन्।

बुधबार अबेर भएको चुनावमा मिक्सोले १६९ मत प्राप्त गरे भने मुक्सामहाङ सुब्बा लिम्बू ‘मुकेश’ले ६४ मत प्राप्त गरे। जनयुद्धताका ‘जनमुक्ति सेना’को कम्पनी भिसीसम्मको जिम्मेवारी लिएका मिक्सो ०५९ सालमा रुम्जाटार लडाईँमा घाइते भएका थिए। उनी अहिले अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव रहेका छन्।
त्यस्तै उपाध्यक्षमा देवन चाम्लिङ ‘पृथ्वी’ ९१२००, शिवकुमार डाँगी ९११३० र मणिकुमार साम्पाङ ९१११० विजयी भएका छन्। सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी भएका छन्। सहसचिवमा कुमारी राई, ऋषिराज ढुङ्गाना र सागर किराती विजयी भएका छन् भने कोषाध्यक्षमा रेवतराज पुरी निर्वाचित भएका छन्।
नेतृत्वमा धेरै जना आकाङ्क्षी देखिएपछि प्रदेश पदाधिकारीमा चुनाव भएको हो। २५९ प्रदेश प्रतिनिधिमध्ये चुनावमा २४० जनाले मतदान गरेका थिए।