• २०८३ जेष्ठ ४ गते सोमवार

मोटरसाइकल पल्टँदा प्रहरीजवानको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, ललितपुर । सानेपामा मोटरसाइकल अनियन्त्रित भएर पल्टँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् । धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरीजवान नवीन न्यौपानेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सानेपास्थित स्टार अस्पतालमा गए राति सवा २ बजे मृत्यु भएको जनाइएको छ ।

यस्तै, घाइते तनँहुको आँबुखैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरीजवान सुमनकुमार सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ ।न्यौपाने र सिंह सवार बा८३प ८९८५ नम्बरको मोटरसाइकल गए राति करिब सवा १ बजे नियन्त्रण गुमाएर पल्टिएको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस