चैत १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ३ सय १७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५८ जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा २ सय १० जना डिस्चार्ज भएका छन । यो सगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६४ हजार ६ सय ८ जना रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।