चैत ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४५ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार २ सय ३१ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ८८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय ८१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६३ हजार ५ सय ९२ जना रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसगै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।