• २०८३ जेष्ठ २९ गते शुक्रवार

मोरङको झडपमा घाइते भएकी महिला प्रहरीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, मोरङ । उत्तरी मोरङको लेटाङको वडा ५ खेरुवामा रहेको शिक्षा विकास माविमा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्ने क्रममा एक प्रहरीको हत्या भएको हो । ५६ वर्षका शिक्षक मनोज पौडेल विरुद्धमा दिउँसो १ बजेबाट नाराजुलुस भएको र साँझ पक्राउ गरेर प्रहरीले लैजाने क्रममा भिड अनियन्त्रित हुँदा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको हो ।

उनीमाथी धारिलो हतियार प्रहार भएको छ । आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरेर गम्भिर घाइते बनाएपछि उर्मिलालाई उपचारका लागी कोशी अस्पतालमा लगिएकोमा उनको अस्पताल ल्याउदै सास चल्न छाडिसकेको अस्पतालले जनाएको छ । कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयको दाबी छ । प्रहरीले आरोपित शिक्षकलाई पक्रेर प्रहरीले इलाका प्रहरी कार्यालय लेटाङमा ल्याएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस