• २०८३ जेष्ठ २९ गते शुक्रवार

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक जेठ ३०–३१ गते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक जेठ ३० र ३१ गते काठमाडौंमा आयोजना हुने भएको छ। संघद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार बैठक काठमाडौंको धुम्बाराहीस्थित क्विन प्यालेसमा बिहान ८:०० बजेदेखि सञ्चालन हुनेछ। बैठकमा केन्द्रीय कमिटी, आयोगका पदाधिकारी तथा प्रदेश अध्यक्ष कमिटीहरूलाई अनिवार्य उपस्थितिका लागि जानकारी गराइएको छ।

संघका अध्यक्ष महाराज गुरुङका अनुसार बैठकले संगठन सुदृढीकरण, युवा परिचालन तथा आगामी कार्यक्रमहरूको रणनीति तय गर्ने अपेक्षा गरिएको छ। साथै बैठकबाट विभिन्न संगठनात्मक तथा नीतिगत निर्णयहरू समेत पारित हुने जनाइएको छ।

राष्ट्रिय युवा संघ नेपालले बैठकलाई सफल बनाउन सम्बन्धित सबै पदाधिकारी तथा सदस्यहरूलाई समयमै उपस्थित हुन आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस