• २०८३ जेष्ठ १७ गते आइतवार

मोटरसाइकल चोरेको आरोपमा युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा ट्राफिक प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । कालिकोटको महावै गाउँपालिका–२ घर भएका २३ वर्षीय पञ्चबहादुर सिंहलाई स्वयम्भूबाट पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाका एसपी संजीव शर्माले  बताए ।

सिंहको साथबाट ट्राफिक प्रहरीले प्रदेश–३–०२–००३ प २४७३ नम्बरको पल्सर एन एन मोटरसाइकल बरामद गरेको छ । सो मोटरसाइकल बाँकेको कोहलपुरबाट हराएको थियो । आरोपी भक्तपुरको सल्लाघारीमा बस्छन् ।

वास्तविक नम्बर भे.१० प ४३६२ भएको सो मोटरसाइकल आशिष गुरुङको रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सिंहले २०७८ चैत २ मा यातायात कार्यालय गुर्जुधाराले लिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा अर्काको नामबाट दिएको पनि थाहा भएको छ । उनलाई चोरी मुद्दामा अनुसन्धान र कारवाहीका लागी प्रहरी वृत थानकोटमा पठाएको महाशाखाका एसपी शर्माले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस