• २०८३ भाद्र २४ गते बुधवार

सुनको मूल्य ताेलामा दुई हजार तीन सय रुपैयाँले घट्याे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । सुनको भाउ मंगलबार तोलामा दुई हजार तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएकाे थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस