• २०८३ बैशाख १९ गते शनिवार

साउदी अरबका राजकुमार काठमाडौंमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं । साउदी अरेबियाका विदेशमन्त्री समेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् । दुई दिने औपचारिक नेपाल भ्रमणका लागि उनी आज आइपुगेका छन् ।

 परराष्ट्र सचिव भरत राज पौड्यालले साउदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । राजकुमार साउद राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ताका साथै परराष्ट्र मन्त्री नारायण खड्कासँग बैठकको कार्यक्रम छ।

Sharing

प्रतिक्रिया दिनुहोस