फागुन २९, सिन्धुपाल्चोक । नेपाली कांगेस सिन्धुपाल्चोकमा दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार राति भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।

पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ ९३८।५८प्रतिशत०, वंशलाल तामाङले ६ सय २९ ९३४।९७ प्रतिशत० र प्रेमध्वज लामाले ४ सय ९३ ९२६।९८ प्रतिशत० मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।
अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिरिएका छन् ।
कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेको छ ।