• २०८३ जेष्ठ ३१ गते आइतवार

३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँको दरले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस