• २०८३ जेष्ठ २८ गते बिहिवार

चितुवाको बच्चा मृतावस्थामा भेटियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, स्याङ्जा। स्याङ्जाको वालिङमा आज चितुवाको बच्चा मृतावस्थामा भेटिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ लेटास्थित गोरेटो बाटोमा साँझ ५ बजे मृतावस्थामा चितुवा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

फाइल फाेटाे

अन्दाजी पाँच महिनाको जस्तो देखिने चितुवाको ढाडमा चोट लागेको छ । मरेको चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले मृत चितुवालाई सबडिभिजन वन कार्यालय वालिङमा बुझाएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । मृत चितुवाको लम्बाइ ३२ इञ्च, उचाइ १३ इञ्च र गोलाइ ११ इञ्च रहेको जनाइएको छ । घटनास्थलमा पुगेर फर्केसँगै प्रहरीले थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस