फागुन २०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे चाैबिस घण्टामा थप १ सय २६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएकाे छ । याेसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ३ सय ८० जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ४२ जना रहेका छन ।मन्त्रालयका अनुसार आज ३ सय ८५ जना डिस्चार्ज भएका छन । याेसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५८ हजार १ सय ९३ जना रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लाे चाैबिस घण्टामा थप १ जनाको मृत्यु भएकाे छ । याेसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४५ जना पुगेको छ ।