फागुन १९, काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हाे ।
याे सगैं अब डिजेल, पेट्रोल र मट्टितेलको मूल्य क्रमश १३३, १५० र १३३ रहेकाे छ । बिहिबार रातिदेखि लागु हुनेगिर मुल्य बढेकाे हाे । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ । यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ।
