फागुन १९, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले दिएको सुझावका आधारमा गठबन्धनको भविष्य निर्धारण हुने बताउनुभएको छ । धुलिखेलमा पत्रकारसँग कुराकानीमा नेता सिंहले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन कायम रहने वा नरहने भन्ने विषय वडातहसम्मको जनताको सुझावमा तय गरिने बताउनुभयो ।

कांग्रेस एक्लै चुनाव लड्न पनि तयार रहेको र लोकतान्त्रिक पार्टी भएकाले जनताले चाहेमा गठबन्धन गर्नका लागि पनि तयार रहेको उहाँको भनाइ छ । एमसीसीमा धेरैको विमति हुँदाहुँदै नेपाली कांग्रेसले समन्वयात्मक भूमिका निर्वाह गरेर अधिकतम समझदारी कायम गरेको उहाँको दाबी छ ।