• २०८३ जेष्ठ १५ गते शुक्रवार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, बझाङ । जिल्लाको बुंगल नगरपालिका–३, जुगेपानीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् । प्रहरीका अनुसार शनिबार साँझ करिब ६ बजे बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से१त १४४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुदा गम्भीर घाइते भएका स्थानीय ३८ वर्षीय जयबहादुर बोहराको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते भएका ट्याक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्कबहादुर बोहरालाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस