• २०८३ कार्तिक १४ गते शुक्रवार

सुर्यदेवको दर्शन गरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

वि.सं. २०७८ फाल्गुन १५ गते आइतवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी २७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, फाल्गुन कृष्णपक्षको एकादशी तिथि, बिहान ०६:३३ बजेसम्म, त्यसपछि द्वादशी तिथि, मध्यरात्रीपछि ०४:२१ बजेसम्म, अन्तिममा त्रयोदशी तिथि (तिथि टुटेको दिन), पूर्वाषाढा नक्षत्र, बिहान ०७:२८ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, मध्यरात्रीपछि ०५:५९ बजेसम्म, अन्तिममा श्रवण नक्षत्र (नक्षत्र टुटेको दिन) चन्द्रमा धनु राशिमा, दिउँसो ०१:०६ बजेसम्म, त्यसपछि मकर राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफ्ना उद्देश्य परिपूर्तिका लागि धनखर्च गर्न मन हौसिने दिन हो । मनपर्ने वस्त्रालंकार, उपकरण र सांसारिक सुखसुविधाको सौख जाग्नेछ । इच्छाशक्ति र लगनशीलता बढ्नाले हाँके/ताकेको लक्ष्यमा पुग्न सफल भइने छ । नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भावनामा भौंतारिंदा वा मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । धैर्य र संयम भएर काम गर्ने दिन हो । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हुनेछ । कसैको चित्त दुखाएर धनार्जन गर्ने प्रयास नगर्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुनेछ । घरायसी सुखको आकाङ्क्षा बढ्ने समय हो । मन भावुक र प्रेमिल बन्ने वातावरण छ । समय निकालेर घरपरिवारमा सम्पर्क गर्नु र खैखबर बुझ्नु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, त्यसैले झगडा र कलहबाट टाढिएको जाति हुन्छ । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कार्यालयीय कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । तर घरिघरि मनमा कल्पना र भावना सलबलाउने परिस्थिति देखिन्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । सामान्यतया आस्तिक बुद्धि र परोपकारी भावना भएको राम्रो दिन छ, तर प्रत्येक क्रियाकलापमा विपरीत लिंगीउपर आकर्षित भएको देखिन्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मित्र र शुभचिन्तकको साथ/सहयोग प्राप्त हुनेछ, नजानेको कुरा गुरुवर्ग वा दिदी/दाजुका माध्यमबाट जान्न सकिने छ । पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ । कार्यालयमा सहकर्मीले राम्रो साथ दिनेछन्, साथै मित्रशक्ति र दाजुभाइबाट पनि लाभ हुनेछ । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बोलीमा सामर्थ्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ । जलवायु परिवर्तनले स्वास्थ्यमा सामान्य प्रभाव पार्ने समय छ । धनबृद्धिका लागि गरिएका प्रयासहरू सफल हुनेछन् । आज नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा व्यापार प्रभावित हुने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
गज्जबले कमाउन सकिने र परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, जग्गाजमिन, माटो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, आज जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बाध्यात्मक खर्च बढ्नाले मन खिन्न बन्नेछ, त्यस्तै अन्य विषयमा पनि असामान्यताको अनुभूति हुनेछ । जिद्दीपन र घमण्डलाई त्याग्नु जाति हुन्छ । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ । त्यसैले सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । जिम्मेबारी बढ्नाले काममा खट्ने परिस्थिति छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नो वा छोराछोरीको शैक्षिक प्रयोजनका लागि समय र धनको आवश्यकता पर्नसक्छ, आफ्ना सौख पूरा गर्न पनि आजको केही समय व्यतीत हुनसक्छ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ । श्रम अलि बढी गर्नु परे पनि बेफाइदा नै त हुँदैन, तर पनि पारिवारिक सम्बन्धमा भने निरसता देखिन सक्छ । काम गर्दा कमजोरी वा तनाव हुनु सामान्यता हो, दोहोर्याएर प्रयास गरे थालेको कामले पूर्णता पाउने छ । थोरै समय किनमेल र घुमफिरका लागि निकाल्नुपर्ने हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस