फागुन १३, पाल्पा । राष्ट्रिय युवा संघ पाल्पाले ६१ सदस्यीय कमिटी चयन गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय संयोजक किरण पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं जिल्ला अधिवेशनले अध्यक्षमा बिष्णु प्रसाद आचार्यलाई चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा कृष्ण कार्कि, सचिवमा बिजय रानाभाट, सह- सचिवमा निर्मल न्यौपाने, भिम बहादुर गाहा र कोषाध्यक्षमा सुधिर भट्टराईसहित ६१ सदस्यीय पाल्पा समिति चयन भएको छ ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं महिला नेत्री सृजना काफ्ले, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्र घिमिरे, अन्तर्जिल्ला बिशेष कमिटीका इन्चार्ज बलराम बेल्बासे, राष्ट्रिय युवा संघ नेपालका निर्वाचन आयोगका उपप्रमुख बाबु छत्कुली, राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटी सह इन्चार्ज तुलबहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
युवा संघ नेपालले पछील्लो समय सरकारविरुद्वको बिरोध कार्यक्रमलाई देशब्यापी रुपमा अभियान संचालन गर्दै आएको छ । त्यस्तै संघले राष्ट्रिय महाधिबेशनको तयारीका लागि जिल्ला अधिबेशनहरु सम्पन्न गरिरहेको छ ।