फागुन १३, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४४ जना, ललितपुरमा ७ र भक्तपुरम ३ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् ।