• २०८३ जेष्ठ २६ गते मङ्गलवार

चुनावको तयारीमा लाग्न रायमाझीको अग्रह

शोभाखर पन्थी पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले स्थानीय चुनावको तयारीमा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभएको छ । नेकपा एमाले सन्धिखर्क ६ नम्बर वडा कमिटी द्वारा उपल्लो जगातमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्दै उहाँले विकास ,समृद्धि र सुशासनको निम्ति नेकपा एमालेको बिकल्प नभएको भन्दै चुनाव केन्द्रित अभियान संचालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले प्रचण्ड र माधव नेपालमा भएको अक्रमण्यता र द्वयत चरित्रका कारण मुलुक गम्भीर संकटमा फसेको बताउँदै मुलुकमा देखिएका हरेक खाले समस्याको समाधान नेकपा एमाले बाट मात्र संभव भएको बताउनुभयो । पु्व उपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले आफुहरु जनप्रतिनिधि भएपछि जिल्लाको बिकासमा आमुल परिवर्तन भएको बताउँदै चुनावमा गरिएका अधिकाम्स प्रतिबद्धता पुरा गरेको दावी समेत गर्नुभयो।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरे र जिल्ला अध्यक्ष पीताम्बर भुसालले मुलुक एमालेमय भएको बताउँदै निर्वाचन जित्नेगरी काममा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा परित्याग गरी २ सय १५ जना व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस