• २०८३ बैशाख १४ गते सोमवार

बस दुर्घटनामा नौ जनाको मृत्यु, ३४ घाईते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २८, बैतडी । बैतडी र दार्चुलाको सीमानागन्नाबाट महेन्द्रनगर जादै गरेको बस विहीबार राति खोड्पेमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ३४ जना घाईते भएका छन् । गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस विहीबार राति १०ः २५ बजे बैतडीको पाटन नगरपालिका–८, खोड्पे बजार नजिक दुर्घटनामा परेको हो ।

बस सडकबाट ६०० मिटर तलभीरमा खसेको छ । बसमा ५० जना सवार थिए । घाईतेहरुको रातिनै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको छ । मृतकहरुको सनाखतहुन सकेको छैन । उद्धारमा खोड्पे प्रहरी चौकी र स्थानीय व्यापारी खटिएकका थिए । शुक्रबार विबाहन सम्मपनि पनि मृतकको सनाखत हुन सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस