फागुन ९, काठमाडौं । गएराति सम्पन्न इङ्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले लिड्स युनाइटेडलाई २ का विरुद्ध ४ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । लिड्सको घरेलु मैदानमा पहिलो हाफ म्यानचेष्टर युनाइटेडले दुई गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफको ५३औं र ५४औं मिनेटमा लगातार दुई गोल फर्काउँदै लिड्सले खेल बराबरीमा ल्याएको थियो । तर खेलको ७० औं मिनेटमा फरवार्ड फ्रेडले गोल गर्दै म्यानचेष्टरलाई पुनः अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर ८८औं मिनेटमा अर्का खेलाडी इलाङ्गाले गोल गर्दै म्यानचेष्टरको अग्रता दोब्बर बनाउँदै जीत निश्चित बनाएका थिए ।
यसैगरी, गएराति नै सम्पन्न अर्को खेलमा उल्भ्सले आफ्नो घरेलु मैदानमा लेष्टर सिटीलाई २-१ गोलको जीत निकाल्दै सातौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा भने साविक विजेता म्यानचेष्टर सिटी यथावतै छ ।