• २०८३ असार ९ गते मङ्गलवार

अवैध लागूऔषध सहित दुई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, कैलाली । प्रहरीले कैलालीबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लम्किचुहा नगरपालिका-३ चिसापानी नयाँबस्ती बस्ने २२ वर्षीय बीरेन्द्र बिष्ट र २८ वर्षीय राज सुनारलाई करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले बीरेन्द्रको घर तलासी गर्दा उनीहरूले बिक्रीको लागि पुरिया बनाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस