• २०८३ बैशाख ३१ गते बिहिवार

दाङमा ‘नो एमसीसी’ लेखिएको प्रेसरकुकर बम डिस्पोज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, दाङ । पूर्व–पश्चिम राजमार्गअन्तरगत दाङको लमहीमा राखिएको कुकर बम डिस्पोज गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ को सडक किनारमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ११ बजेतिर डिस्पोज गरेको हो ।

प्रेसर कुकरमा ‘नो एमसिसी’ लेखिएको उक्त कुकर बम शनिबार राति ११ बजेतिर फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाउनु भयो । सडकमा राखिएको बम देखेपछि सवारी चालकले राति नै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर एकतर्फी रुपमा सडक सञ्चालन गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस