• २०८३ जेष्ठ ८ गते शुक्रवार

गुल्मीमा एक घरमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिकाका घरमा गए राती आगलागी भएको छ । जिल्लाको मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुखा हलोगाडेका शिक्षक गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

मुसिकोट माविका शिक्षक बाबुराम शर्माले गए राति नै प्रहरी आए पनि क्षतिको पूर्ण विवरण आई नसकेको बताए । उनका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले धनमाल क्षति भए पनि मानवीय र चौपायाको क्षति नभएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस