फागुन ७, मकवानपुर ।मकवानपुरको शिखरकटेरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराती मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ शिखरकटेरीमा गुडिरहेको ट्याक्टरबाट खसेर २१ वर्षीय सुशील विकको मृत्यु भएको हो ।
आफू चढेको ट्याक्टरबाट खसेका विकलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार रहका छन । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।