पुस २९,लुम्बिनी ।मापदण्डविपरीत कारोबार गर्दै आएका पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्न थालेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिको समन्वयमा गरिएको बजार अनुगमनका क्रममा त्यस्ता पसल कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा खरिद बिल नभएका कक्रहवास्थित राजीन्द्र कोल्ड स्टोरलाई रु पाँच हजार, दीपक मदिरा पसललाई रु पाँच हजार , महिमा फेन्सी स्टोरलाई रु पाँच हजार, रीता टे«ड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना तिराइएको कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिनुभयो ।
कार्यालयले बजार अनुगमनका क्रममा करिब रु १२ हजार ८९० का म्याद सकिएको सामग्रीसमेत फेला पारी नष्ट गरेको थियो । कार्यालयले मिनरल वाटरका बोटलमा राखेर अनाधिकृत रुपमा पेट्रोल बेच्नेलाई समेत कारबाही गर्न थालेको छ ।
लुम्बिनीदेखि दक्षिणी क्षेत्रमा रहेको उक्त नाकामा प्रहरी प्रशासनको बाक्लो उपस्थिति भए पनि कालोबजारी र अवैध क्रियाकलाप रोकिएको छैन । बजार अनुगमनलाई नगरपालिका क्षेत्रमा पनि कडाइ गर्न थालिएको जनाइएको छ ।