• २०८३ साउन २९ गते शुक्रवार

नेपालले ओमानलाई जितको लागि ११८ रनको लक्ष्य दियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६,काठमाडौ। आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ ।ओमान मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनायो । नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए ।

यसैगरी कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६- १६ रन बनाए भने ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमल सिंह ऐरीले १ रन बनाए । ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई विकेट लिदा फैज बट, जिशान मक्सुदले एक–एक विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस