फागुन ६, धादिङ । बालाजुमा दुर्घटना गराएर भागेका बस चालकले आत्मसमर्पण गरेका छन । बालाजुमा बसको ठक्करबाट बिहिबार विहान दुईजना पैदल यात्रुको मृत्यु भएपछि फरार रहेका धादिङको सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदिप थपलियाले आत्मसमर्पण गरेका हुन ।

प्रहरीले सिसिटिभी फुटेज हेरेर अनुसन्धान अघि बढाउँदै गर्दा गाडी चालक थपलियाले जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमर्पण गरेका हुन । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीका अनुसार उनी गएराति ९ बजे प्रहरी कार्यालयमा पुगेका हुन् । उनीले जिल्ला प्रहरी कार्यालय धादिङको गेटमा गएर सेन्ट्रिलाई मलाई प्रहरीले खोजेको सुनेँ, त्यसैले आएँ ।’ भनि आत्मसमर्पण गरेका हुन । प्रहरीले उनलाई महानगरीय प्रहरी वृत बालाजुसँग समन्वय गरेर गाडीसहितकाठमाडौं पठाएको छ ।
बिहिबार विहान काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको थिए । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं–१६ जागृति टोल बस्ने करिब ५० दुर्गामाया थापा मगर छन् ।
बिहीबार बिहान करिब ५ बजेर ५५ मिनेटमा थपलियाले हाँकेको बागमती प्रदेश–०१–००५ ख ९३१४ नम्बरको बसले दुईजनालाई किचेको थियो । दुर्घटनापछि गाडी फरार भएको हुनाले अनुसन्धान अधिकृतहरूले कुन रुटको कस्तो गाडीले दुर्घटना गराएको भनेर पनि पत्ता लगाउन सकेका थिएनन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतकाअनुसार दुर्घटना भएको ठाउँ गंगाहल नजिक सिसिटिभी पनि थिएन ।