फागुन ५, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नु भएको छ । गठबन्धनको बैठकलगत्तै देउवा पत्नी आरजुलाई लिएर बालकोट जानुभएको हो ।

गठबन्धनको बैठकमा देउवाले अमेरिकाले दिएको समयसिमाभित्र एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गर्नु भएको थियो । तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु यसमा सहमत भएनन् । बैठक विनानिस्कर्ष सकिएको छ ।
गठबन्धनको बैठक भोली बस्ने भएको छ ।