फागुन ४, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्रले दुई खेलअघि नै लिगको उपाधि जितेको हो ।

खेलमा मच्छिन्द्रले सातदोबाटोलाई एक–शून्य गोलले हरायो । उसका लागि ५३ औँ मिनेटमा नोर्लानले गोल गरे । मच्छिन्द्रका खेलाडीले आजको गोल घाइते भएका मनिष डाँगीको नाममा समर्पण गरेका छन् । अघिल्लो संस्करणको ‘ए’ डिभिजन लिगको उपाधि पनि मच्छिन्द्रले नै जितेको थियो ।