• २०८३ जेष्ठ २७ गते बुधवार

आयोगहरुमा सहसचिवको मनलाग्दी सरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । राष्ट्रिय दलित आयोगले संवैधानिक मान्यता पाएर पदाधिकारी पाएको माघ २१ गते एक वर्ष पुग्यो । आयोगले एक वर्षमा कति काम गर्यो, त्यो बेग्लै विषय छ । तर यो एक वर्षमा आयोगमा आठ सचिव फेरिएका छन् ।

आयोगमा पदाधिकारीले भदभार ग्रहण गर्दा सहसचिव कृष्णप्रसाद धिताल सचिवको जिम्मेवारीमा थिए । पदाधिकारी आएको करिब तीन महिना पुग्न नपाउँदै उनको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भयो ।

त्यसपछि गत वैशाखमा सचिव भएर आए सहसचिव नवराज ढुंगाना । उनी पनि करिब पाँच महिना काम गर्न नपाउँदै गत भदौमा अर्थ मन्त्रालयमा सरुवा भए । त्यसपछि भदौमा नै आयोगमा सहसचिव मदन भुजेलको सरुवा भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस