फागुन ३ काठमाडौ। नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने बताएका छन् ।राष्ट्रको हितमा रहेको एमसीसी अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुने महतले बताए ।

अमेरिका जस्तो शक्तिशाली देशले दिएको सहयोग लिनुपर्छ । यो राष्ट्रको हितमा छ । राष्ट्रको हित बिपरीत हामीले निर्णय गर्नु हुँदैन’, संसदीय दलको बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै महतले भने ।पूर्वअर्थमन्त्री महतले एमसीसीले दिएको समय, १६ फागुनभित्रै अनुमोदन गराउनुपर्ने बताए । ‘दिएको सहयोग लिएन भनेर अमेरिकासँग सम्बन्ध बिग्रन सक्छ’ महतले भने, ‘साथसाथै नेपाललाई सबैभन्दा बढी विश्वास गर्ने मुलुकसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन ।
एमसीसी पारित हुँदा चीनले दुःख पाउनुपर्ने कुरा नभएको उनले बताए। बैठकमा नेता महतले एमसीसी इन्डो प्यासेफिक रणनीति अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताएका थिए । तर अहिले जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको भन्दै उनले ती भ्रमहरु चिर्न कांग्रेस सांसदहरुलाई आग्रह गरेका थिए ।