• २०८३ बैशाख १८ गते शुक्रवार

चीन भ्रमण उपलब्धिमूलक भएको पाकिस्तानी प्रधानमन्त्रीको भनाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, सिन्ह्वा। सिन्ह्वा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताउनुभएको छ । उहाँले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताउनुभएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि ६ तारिखसम्म चीनको भ्रमण गर्नुभएको थियो । सो भ्रमणका क्रममा आफूले चीनसँग विभिन्न आर्थिक मुद्दामा कुराकानी गरेको पनि बताउनुभएको थियो ।प्रधानमन्त्री खानले सो भ्रमणबाट पाकिस्तानमा चिनियाँ लगानीका क्षेत्रमा ढोका खुलेको जानकारी पनि उहाँले त्यस अवसरमा दिनुभएको समाचारमा जनाइएको छ ।उहाँ बेइजिङ ओलम्पिकको उद्घाटनका क्रममा पनि सहभागी हुनुभएको थियो । त्यस भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस