• २०८३ जेष्ठ ८ गते शुक्रवार

हिजो महाअभियोग लगाउने पात्र देउवा र प्रचण्ड थिए, अहिले नेपाल थपिए_लिङ्देन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १ काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले योजनावद्ध रुपमा प्रधानन्यायाधीस चोेलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् ।सत्तारुढ दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीविरुद्ध महाभियोग दर्ता गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

स्थानीय तह चुनाव घोषणा भएपछि ५ वर्ष अघि पनि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएको थियो, आज चोलेन्द्र समसेरविरुद्ध,’ लिङ्देनले ट्वीटरमा लेखेका छन्, ‘फरक यत्ती भो कि हिजो महाअभियोग लगाउने पात्र शेरबहादुर देउवा र प्रचण्ड थिए अहिले माधव नेपाल थपिए ।’राप्रपा अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरुले योजनाबद्ध रुपमा महाभियोग दर्ता गरेको बताएका छन् । ‘देश जोगाउन सबै सचेत बनौं,’ उनले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस