माघ २६, मोरङ। नेपाल प्रहरीले बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ। सुनवर्षी नगरपालिका–१ मोरङवाट बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको हो ।

पक्राउ परे पनि ससुराको नाम भने प्रहरीले सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनी माथी अनुसन्धान जारी छ । मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी २५ वर्षीया युवतीले हिजो ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बलात्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीवाट खटिएको टोलीले पक्राउ गरिएको कार्कीले जानकारी दिए ।
जबरजस्ती करणी मुद्दा चलाउन बुधवार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ ।