• २०८३ बैशाख २५ गते शुक्रवार

एमाले बोलायो संसदीय दलको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १ काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस