• २०८३ जेष्ठ ३ गते आइतवार

एमसीसीमा कांग्रेस एकमत

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २८, काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारूढ दलहरू विभाजित भइरहेका बेला प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस भने सो परियोजना संसद्बाट अघि बढाउन एकमत भएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आगामी संसद् बैठकबाट अघि बढाउने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले कांग्रेस एमसीसीका विषयमा प्रस्ट रहेको र संसद् बैठकमा सो प्रस्ताव सरकारलाई अघि बढाउन आग्रह गरिएको जानकारी दिए । ‘कांग्रेसले सबै दललाई एमसीसीलाई संसद्मा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेको छ,’ कांग्रेस प्रवक्ता महतले भने । महतले एमसीसी संसद्बाट बहुमतले पारित हुनेसमेत दाबी गरेका छन् । ‘एमसीसी सभामुखले रोक्न मिल्दैन, सरकारले अब बस्ने बैठकमा एमसीसी टेबल गर्छ र बहुमतले पारित हुन्छ,’ प्रवक्ता महतको भनाइ छ । उनले एमसीसीमा फैलाइएको भ्रम पनि संसद्बाटै चिरिने भन्दै आगामी संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्नुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको जानकारी दिए ।

‘कांग्रेसले अन्य दलसँग पनि छलफल गरिरहेको छ, गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पास गर्छौं भन्नुभएको छ,’ महतले अघि भने । बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएकाले कसरी अघि बढ्ने भन्नेमा छलफल भएको छ । बैठक शुक्रबार पुनः बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस