माघ २७, सुर्खेत । प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ मंगलगडी चोकबाट करिब १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २५ वर्षीय अजय सिंह चौधरी र २६ वर्षीय राजु गायन रहेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।