• २०८३ बैशाख १८ गते शुक्रवार

लागु औषधसहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, मोरङ । कार चोरीमा संलग्न रहेका तीन जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलवारी नगरपालिका–१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषधसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको बेलबारी नगरपालिका–३ का ३६ वर्षीय सुरज गुरुङ , केरावारी–१० का २५ वर्षीय तेज कुमार मगर र केराबारी–७ का २६ वर्षीय नगेन्द्र लिम्बु रहेका छन् ।

बेलबारी नगरपालिका–३ का ४३ वर्षीय रिक्तमान गुरुङले बेलबारी–१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३–०१–०२५ च ९७५० नम्बरको कार हराएको भनि ईलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया निबेदन दिएका थिए । निबेदनको आधारमा खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैचा नगरपालिका–७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको प्रहरीले जनाएको छ ।

कार फेला परे संगै उक्त कारमा रहेका तीनै जनालाई नियन्त्रणमा लिई उक्त कार चेकजाँच गर्ने क्रममा लागुऔषध डीजेपाम–११ एम्पुल , अभिल–९ एम्पुल, फेनेरागन–१० एम्पुल , लुपिजेसि–१० एम्पुल गरि जम्मा ४० एम्पुल बरामद भएको थियो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस