• २०८३ जेष्ठ २ गते शनिवार

आजको मौसम : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौँ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

तराई भू-भागका केहि स्थानमा हुसु र कुहिरो लागेको छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ

आज बिहानैबाट काठमाडौँमा घाम लागेको छ । बिहान ६ बजेको काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । भोलि भने केही क्षेत्रमा बदली हुनेछ । पूर्वी र पश्चिम नेपालमा केही भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र हिमाली क्षेत्रमा केही बदली भए पनि तराईमा भने मौसम भोलि पनि सफा रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस