• २०८३ मङ्सिर ९ गते मङ्गलवार

दाङबाट ८ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, दाङ। दाङबाट ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शान्तिनगर गाउँपालिका–५ बैशा बस्ने स्थानीय निराजन मल्लको घरमा तास खेलिरहेका स्थानीय ३२ वर्षीय वीरबहादुर रावत लगायत ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूबाट प्रहरीले नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास समेत बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस