• २०८३ असार ७ गते आइतवार

लागुऔषध सहित ७ पक्रउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, सुनसरी ।  लागुऔषध ब्राउन सुगर सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितबाट उनीहरु सातै जना पक्राउ परेका छन् ।

धरान–१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओम प्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय मन्दिप मगर, धरान–१९ का २६ वर्षीय जनम मगर, धरान–३ का २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजिव मगर पक्राउ परेका हुन् ।

संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस