माघ १३, मेलम्ची । शेरबहादुर देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धको बिरोधमा र स्थानीय निकायको चुनावको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीले आज मेलम्चीमा बिरोध र्याली सम्पन्न गरेको छ । 
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले अहिले स्थानीय निकायको चुनावको घोषणाको माग गर्दै देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ । संघका सिन्धुपाल्चोक संयोजक राजन दुलालले सरकारले युवाको आवाज नसुने आन्दोलन झन चर्काउने चेताउनी दिए । कार्यक्रमको संयोजक गरेका मेलम्चीका युवा निरल व्याइबाले सरकारलाई निरन्तर दबाब दिने बताए ।